एनपीएल: राशिदको अर्धशतकमा काठमाडौं गोर्खाजले चितवनलाई दियो १८१ रनको लक्ष्य

नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत सोमबारको दोस्रो खेलमा काठमाडौं गोर्खाजले चितवन राइनोजलाई १८१ रनको लक्ष्य दिएको छ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौंले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १८० रन बनायो।
चितवनले टस जितेर पहिले फिल्डिङ रोजेको थियो। काठमाडौंले १३ रनमै २ विकेट गुमाएको थियो। स्टार ब्याटर डेभिड वार्नर १ रनमै बोल्ड भए भने साहिल पटेल पनि सस्तैमा आउट भए। त्यसपछि बोसिस्टो र राशिद खानको साझेदारीले टोलीलाई सम्हालेको थियो। काठमाडौंले १० ओभरमा ३ विकेट गुमाएर ८३ रन बनाएको थियो।
राशिद खानले २८ बलमा २ चौका र ४ छक्काको मद्दतमा ५१ रन बनाउँदै अर्धशतक पूरा गरे। यो एनपीएलमा उनको दोस्रो अर्धशतक हो। अर्धशतकलगत्तै उनी आउट हुँदा काठमाडौंले पाँचौँ विकेट गुमाएको थियो।
चितवनका लागि रिजन ढकालले ३ विकेट लिए भने कमल ऐरीले २ विकेट लिए। लक्ष्य पछ्याउँदै चितवनले जवाफी ब्याटिङ सुरु गरेको छ।
पछिल्लो बुलेटिन

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


