२३ कात्तिक २०८३ English
English

यू–१९ एसिया कप: यूएईसँग ७ विकेटले हारेपछि नेपाल बाहिरियो

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
यू–१९ एसिया कप: यूएईसँग ७ विकेटले हारेपछि नेपाल बाहिरियो

YouTube मा सब्स्क्राइब

ओमानमा जारी एसीसी यू–१९ एसिया कप क्रिकेटमा नेपाल समूह चरणको एक खेल बाँकी छँदै प्रतियोगिताबाट बाहिरिएको छ। आइतबार संयुक्त अरब इमिरेट्स, यूएईसँग ७ विकेटले पराजित भएपछि नेपालको यो लगातार दोस्रो हार हो। पहिलो खेलमा नेपाल भारतसँग १० विकेटले पराजित भएको थियो।

अल अमेरात मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपाल ४१ ओभरमा १५३ रनमा अलआउट भएको थियो। नेपालका लागि सोहेल कुँवरले सबैभन्दा बढी ३३ र सचिन भट्टले ३२ रन बनाएका थिए। यूएईका निशाम खानले ५ विकेट लिएका थिए भने कप्तान अयान मिस्बाहले ३ र नुरुल्लाह अयोबीले २ विकेट लिएका थिए।

जवाफमा यूएईले ३४.४ ओभरमा ३ विकेट गुमाएर लक्ष्य भेट्टाएको थियो। मिस्बाहले १०४ बलमा अविजित ७५ रन बनाउँदै टोलीलाई जिताएका थिए। नेपालतर्फ सुशील रावल, नितेश पटेल र कप्तान विपिन शर्माले एक–एक विकेट लिएका थिए।

सोही दिन पाकिस्तानले भारतलाई ३ विकेटले हराउँदै दुई खेलबाट ४ अंक जोडेपछि नेपालको बाहिरिने निश्चित भएको हो। भारत र यूएईबीचको बाँकी खेलपछि कम्तीमा एक टोली ४ अंकमा पुग्ने भएकाले नेपाल समूहको शीर्ष दुईमा पुग्न सक्दैन। नेपालले समूहको अन्तिम खेलमा मङ्गलबार पाकिस्तानको सामना गर्नेछ।

स्रोत

सम्बन्धित समाचार