१० असोज २०८३ English
English

सुरुङमा १० दिन फसेर उद्धार गरिएका कविर महर्जन घर फर्किए

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
सुरुङमा १० दिन फसेर उद्धार गरिएका कविर महर्जन घर फर्किए
तस्बिर: इमेजखबर

रसुवाको माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा १० दिन फसेपछि जीवितै निकालिएका कविर महर्जन अस्पतालबाट बिदा भएर घर फर्किनुभएको छ। आयोजनामा मेकानिकल सुपरभाइजरका रूपमा काम गर्दै आउनुभएका महर्जनलाई स्वास्थ्यमा उल्लेख्य सुधार देखिएपछि शुक्रबार डिस्चार्ज गरिएको हो। गत भदौ १० गते आयोजना क्षेत्रमा आएको भीषण बाढीपछि उहाँ अँध्यारो सुरुङभित्र फस्नुभएको थियो।

नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले १० दिनपछि उहाँलाई जीवितै बाहिर ल्याएको थियो। उहाँको उद्धार स्वदेश र विदेशमा व्यापक चर्चाको विषय बनेको थियो। उद्धारपछि अस्पताल भर्ना गरिएका महर्जनको अवस्थामाथि चिकित्सकले निरन्तर निगरानी राखेका थिए।

लामो समय सुरुङमा बिताउँदा परेको शारीरिक र मानसिक तनावपछि उहाँको अवस्थामा क्रमशः सुधार आएको अस्पताल स्रोतले जनाएको छ। डिस्चार्ज हुँदा महर्जन पूर्ण होसमा र सामान्य अवस्थामा देखिनुभएको थियो। ललितपुरस्थित निवास फर्किने क्रममा विभिन्न ठाउँमा स्थानीयले उहाँलाई फूलमाला पहिर्‍याएर स्वागत गरेका छन्।

स्थानीयले उहाँलाई स्वास्थ्यलाभको शुभकामनासमेत दिएका छन्। निवासमा पनि महर्जनलाई भव्य स्वागत गरिएको छ।

यो समाचार भिडियोमा

सुरुङमा १० दिन फसेर उद्धार गरिएका कविर महर्जन घर फर्किए

स्रोत

सम्बन्धित समाचार