परराष्ट्रमन्त्री खनाल जलवायुसम्बन्धी प्रि–कोप कार्यक्रमका लागि फिजी प्रस्थान

परराष्ट्रमन्त्री शिशिर खनाल जलवायु परिवर्तनसम्बन्धी 'प्रि–कोप लिडर्स इभेन्ट'मा भाग लिन शनिबार काठमाडौँबाट फिजी प्रस्थान गर्नुभएको छ। फिजी र टुभालुमा असोज १९ र २० गते हुने कार्यक्रममा उहाँको नेतृत्वमा ४ सदस्यीय नेपाली प्रतिनिधिमण्डल सहभागी हुनेछ। जलवायु परिवर्तनसम्बन्धी विश्वव्यापी संवाद र सहकार्य अघि बढाउने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको हो।
परराष्ट्र मन्त्रालयका अनुसार मन्त्री खनालले असोज २० गते नेताहरूको पूर्ण सत्रलाई सम्बोधन गर्नुहुनेछ। सत्रअघि पलाउका राष्ट्रपति तथा अष्ट्रेलिया र फिजीका प्रधानमन्त्रीसँग संयुक्त रूपमा हुने पत्रकारसँगको प्रश्नोत्तरमा पनि उहाँ सहभागी हुनुहुनेछ। यो भ्रमणमा मन्त्री खनालको अष्ट्रेलिया जाने कार्यक्रम पनि छ।
स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


