पूर्वसूचना र समयमै माइकिङले बर्दियामा बाढीको क्षति घट्यो

बर्दियामा मौसम पूर्वानुमान महाशाखाको अग्रिम सूचना र समयमै गरिएको माइकिङका कारण यसपटक बाढी र डुबानको क्षति घटेको छ। महाशाखाले असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको पूर्वानुमान गरेपछि जिल्ला प्रशासन कार्यालयले तत्काल बस्तीहरूमा माइकिङ गरेर स्थानीयलाई सचेत गराएको थियो। प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालका अनुसार सुरक्षा निकायलाई तयारी अवस्थामा राखी स्थानीय जनप्रतिनिधिसँग सक्रिय समन्वय गरिएकाले ठूलो डुबान टरेको हो।
विगतमा जस्तो ठूलो क्षति यसपटक बेहोर्नु नपरेको उहाँले बताउनुभएको छ। प्रशासनले सुरक्षा निकाय र जनप्रतिनिधिसँग मिलेर सम्भावित जोखिमयुक्त क्षेत्रमा पहिल्यै पूर्वतयारी गरेको थियो।
स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


