बाढीले नारायणगढको नदी किनार र चितवन महोत्सव स्थल क्षतविक्षत

लगातारको वर्षाले बढेको नारायणी नदीको बाढीले चितवनको नारायणगढस्थित नदी किनार क्षतविक्षत बनाएको छ। करोडौँ रुपैयाँ लगानी गरेर संरक्षण गरिएको यो क्षेत्रमा कतिपय ठाउँमा कटान भएको छ। चितवन महोत्सव हुने गरेको स्थलमा अहिले ढुंगा र माटोबाहेक केही देखिँदैन।
‘सी–बिच’ मोडलमा बनाइएको संरचनाले थप क्षति केही हदसम्म रोके पनि किनार भग्नावशेषजस्तो बनेको छ। बाढी पसेपछि किनारका कतिपय बासिन्दाले घर र पसलको सामान समेत सार्न भ्याएनन्। उनीहरू अहिले घर–पसल सफा गर्ने र बचेको सामान अन्यत्र सार्ने काममा व्यस्त छन्।
नदीको कटान यसरी नै बढ्दै गए नारायणगढ बजार नै जोखिममा पर्न सक्ने चिन्ता स्थानीयले व्यक्त गरेका छन्। २०१९ सालदेखि नारायणगढमा बसोबास गर्दै आउनुभएका प्रभातकुमार जोशीले नारायणी किनार संरक्षणमा तत्काल विशेष ध्यान दिनुपर्ने बताउनुभएको छ। नदी संरक्षण नगरी किनारैमा बस्ती फैलाउँदै गए बजारको भविष्य नै खतरामा पर्ने उहाँको भनाइ छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार आज तराई भू–भागमा मौसम मुख्यतया सफा रहने छ भने पहाडी र हिमाली भू–भागमा आंशिक बादल लाग्नेछ।
स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो

