१३ असोज २०८३ English
English

झोलुङ्गे पुल भत्किँदा मनकामना क्षेत्रका डेढ सय घरधुरीलाई आवतजावतमा सास्ती

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
झोलुङ्गे पुल भत्किँदा मनकामना क्षेत्रका डेढ सय घरधुरीलाई आवतजावतमा सास्ती

YouTube मा सब्स्क्राइब

पछिल्लो वर्षासँगै आएको बाढीले गोरखाको सहिद लखन गाउँपालिका–३ मा मनकामना केबलकारको तल्लो स्टेसन रहेको चेरेसलाई सिलिङटारसँग जोड्ने झोलुङ्गे पुल भत्काएको छ। वडाध्यक्ष दीपक पाण्डेका अनुसार पुल नहुँदा सिलिङटार, केवरपानी र मनकामना हटिया गरी ३ टोलका बासिन्दा र तीर्थयात्री मर्कामा परेका छन्। पुल भत्किएपछि मनकामना र आसपासका करिब १५० घरधुरीलाई राजमार्गसम्म पुग्न कठिन भएको छ।

मुग्लिन र कुरिनटारका विद्यालय तथा कलेजमा पढ्ने ५० जनाभन्दा बढी विद्यार्थी पनि आवतजावतमा मर्कामा परेका छन्। स्थानीय किसानलाई उत्पादित तरकारी बजार पुर्‍याउन र बजारबाट अत्यावश्यक सामान ल्याउन समस्या परेको छ। वैकल्पिक पुल भएको ठेउवाटारसम्म पुग्न अहिले स्थानीयले डेढदेखि २ घण्टा घुमेर हिँड्नुपर्ने वडाध्यक्ष पाण्डेले बताउनुभएको छ।

यसअघि केबलकार चढ्न नसक्ने वा नचाहने तीर्थयात्री यही पुल तरेर सिलिङटार पुग्थे। त्यहाँबाट उनीहरू बस वा जिप चढेर मनकामना मन्दिर जाने गर्थे। पुल भत्किँदा ती भक्तजनलाई पनि मन्दिर पुग्न सास्ती भएको छ।

स्रोत

सम्बन्धित समाचार