१३ असोज २०८३ English
English

बाढीले क्षति पुर्‍याएका राजमार्गका पुल दसैँअघि नै सञ्चालनमा ल्याउने: सडक विभाग

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
बाढीले क्षति पुर्‍याएका राजमार्गका पुल दसैँअघि नै सञ्चालनमा ल्याउने: सडक विभाग

YouTube मा सब्स्क्राइब

सडक विभागले हालको अविरल वर्षा र बाढीपहिरोले क्षति पुर्‍याएका मुख्य राजमार्गका पुल दसैँअघि नै मर्मत वा पुनर्निर्माण गरी सञ्चालनमा ल्याउने जनाएको छ। विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको विवरणअनुसार बाढीले देशभर करिब १० वटा पुलमा क्षति पुगेको छ। तीमध्ये स्थानीय र मोटरेबल पुल पनि छन्।

विभागअन्तर्गतको पुल महाशाखाले रणनीतिक र मुख्य राजमार्गका पुललाई प्राथमिकता दिएर काम गरिरहेको छ। कालीगण्डकी करिडोरका पोखरेबगर, मालढुङ्गा र डेढगाउँका पुलमा बाढीले क्षति पुर्‍याएको छ। ती पुलको अवस्था मूल्याङ्कन गर्न प्राविधिक टोली खटिएको छ र अध्ययनपछि मर्मत गर्ने वा बेलीब्रिज राख्ने टुङ्गो लगाइने विभागले जनाएको छ।

रसुवागढी सडकखण्डका क्षतिग्रस्त पुलमा पनि मर्मत वा बेलीब्रिज राख्ने काम भइरहेको छ। पुल महाशाखाका प्रमुख ललिजन खनालका अनुसार चाडपर्वलाई ध्यानमा राखेर काम तीव्र पारिएको छ। सडकको पहुँच पुगेका स्थानमा दसैँअघि नै यातायात चलाउने विभागको लक्ष्य छ।

स्रोत

सम्बन्धित समाचार