हिमपात र हिमपहिरोको जोखिम: कात्तिक १२ देखि १४ सम्म हिमाली क्षेत्रमा पदयात्रा नगर्न आग्रह

उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले सरकारले कात्तिक १२, १३ र १४ गते पदयात्रा नगर्न र नगराउन आग्रह गरेको छ। गृह मन्त्रालयअन्तर्गतको अध्यागमन विभागले मंगलबार सूचना जारी गर्दै यस्तो आग्रह गरेको हो।
जोखिम बढेपछि हिमाली क्षेत्रमा पदयात्राका लागि दिइने अनुमति रोकिएको छ। निषेधित क्षेत्रमा पदयात्रा गर्न दिइने अनुमति पनि स्थगित गरिएको छ।
विभागले हाल पदयात्रामा रहेका पर्यटकलाई पनि बेलैमा सुरक्षित स्थानमा पुग्न अनुरोध गरेको छ। मौसम बिग्रने त्रासले कतिपय पदयात्रा बीचमै रोकिएका छन्।
तीन दिनसम्म उच्च हिमाली क्षेत्रमा जोखिम रहने भएकाले पर्यटक, पदयात्रा व्यवसायी र सम्बद्ध सबैलाई सतर्क रहन विभागले आग्रह गरेको छ।
पछिल्लो बुलेटिन

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


