भोटेकोशी बाढीले प्रसारण प्रणालीबाट बाहिरिएको बिजुलीको वैकल्पिक व्यवस्थापन

रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण ४३० मेगावाट बिजुली राष्ट्रिय प्रसारण प्रणालीबाट हटेपछि सरकारले आपूर्तिको वैकल्पिक उपाय खोज्न थालेको छ। बाढीले विभिन्न जलविद्युत् आयोजनामा क्षति पुर्याउँदा त्रिशूली करिडोर हुँदै काठमाडौँको बालाजु र चपली पुग्ने बिजुली रोकिएको छ। यसले ती दुई प्रसारण लाइनमा दबाब बढेको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका प्रवक्ता मोहनकुमार शाक्यले बताउनुभएको छ।
उहाँका अनुसार वैकल्पिक आपूर्ति प्रणाली बनाउन मन्त्रालयले गृहकार्य थालेको छ भने नेपाल विद्युत् प्राधिकरणले छुट्टै कार्यदल गठन गरेर काम गरिरहेको छ। मन्त्रालयले मङ्गलबार सडक विभाग र काठमाडौँ महानगरपालिकासँग थप भूमिगत ग्रिड निर्माणबारे छलफल गरेको छ। हिउँदमा आपूर्ति धान्न प्राधिकरणले थप भूमिगत ग्रिड बनाउने काम पनि अघि बढाएको छ।
प्राधिकरणका सञ्चालक समिति सदस्य अंशुकिरण शाहीले हिउँदमा काठमाडौँको माग व्यवस्थापन गर्न सबै निकायबीच उच्च सहकार्य आवश्यक रहेको बताउनुभएको छ।
स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो

