१४ असोज २०८३ English
English

बेसीशहर–चामे सडकको रामबजारमा पहिरो हटाइयो, पूरै सडक खुलाउन अझै केही दिन लाग्ने

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
बेसीशहर–चामे सडकको रामबजारमा पहिरो हटाइयो, पूरै सडक खुलाउन अझै केही दिन लाग्ने

YouTube मा सब्स्क्राइब

डुम्रे–बेसीशहर–चामे सडकअन्तर्गत चामेको रामबजारमा खसेको पहिरो हटाएर यातायात सुचारु गरिएको छ। तर पूरै सडक सञ्चालनमा ल्याउन कम्तीमा शुक्रबारसम्म लाग्ने सडक विभागले जनाएको छ। तनहुँको डुम्रेबाट लमजुङको बेसीशहर हुँदै मनाङको सदरमुकाम चामे पुग्ने यो सडक मनाङ जोड्ने मुख्य मार्ग हो।

असोज ८ देखि ११ गतेसम्म परेको लगातार वर्षापछि आएको बाढी र पहिरोले सडक अवरुद्ध हुँदा मनाङको सडक सम्पर्क टुटेको थियो। विभागका अनुसार तिमाङदेखि कोतोसम्मका विभिन्न ठाउँमा पहिरो पन्छाउने काम जारी छ। बगरछापमा लेदो र पहिरो हटाइँदैछ।

फापरखेतमा सडकका लागि स्थानीयको खेत काट्नुपर्ने भएपछि जग्गाको क्षतिपूर्ति माग उठेको थियो। पालिका र जिल्ला प्रशासनसँगको समन्वयमा उक्त समस्या समाधान भएको विभागले जनाएको छ। खोत्रोमा सडक पूरै बगेकाले पछाडिबाट भित्तो काटेर टेवा पर्खाल लगाउने काम भइरहेको छ।

त्यहाँ बुधबार साँझसम्म सवारी चलाउने तयारी रहेको पूर्वाधार विकास मन्त्रालयले जनाएको छ। खोत्रो नजिकैको भिरमा नेपाली सेनासँग समन्वय गरी ब्लास्टिङ गर्ने तयारी छ। बाढीले बगाएका काठेपुल भएका स्थानमा वैकल्पिक बाटो बनाएर सवारी चलाइने विभागले उल्लेख गरेको छ।

स्रोत

सम्बन्धित समाचार