१४ असोज २०८३ English
English

हिमपातले लार्केपास पूर्ण रूपमा अवरुद्ध, गोरखा–मनाङ आवतजावत प्रभावित

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
हिमपातले लार्केपास पूर्ण रूपमा अवरुद्ध, गोरखा–मनाङ आवतजावत प्रभावित

YouTube मा सब्स्क्राइब

गोरखा र मनाङको सिमानामा रहेको लार्केपास हिमपातका कारण पूर्ण रूपमा अवरुद्ध भएको छ। गत बिहीबारदेखि शनिबारसम्म परेको हिमपातपछि बाक्लो हिउँ जमेर बाटो मेटिँदा यो भञ्ज्याङ हुँदै मनाङ आवतजावत गर्न असम्भव भएको छ। समुद्र सतहदेखि करिब ५ हजार १०० मिटर उचाइमा रहेको यो पास बन्द हुँदा उत्तरी गोरखाका बस्तीमा दैनिक जनजीवन प्रभावित भएको छ।

वर्षायाममा बाढी र पहिरोले तल्लो भेगका बजारबाट दैनिक उपभोग्य सामान ढुवानी हुन नसकेपछि मनाङको भीमथाङ बजारबाट लार्केपास हुँदै सामान ओसार्न थालिएको थियो। चुमनुब्री गाउँपालिका–१ साम्दोका होटल व्यवसायी निमा दोर्जे लामाका अनुसार सामान लिन गएका खच्चड मनाङमा अड्किएका छन् भने उताबाट आएकाहरू यतै रोकिएका छन्। केही दिनभित्र बाटो नखुले सामागाउँ र साम्दोमा खाद्यान्न अभाव हुन सक्ने उहाँले बताउनुभएको छ।

बाढी र पहिरोका कारण मनास्लु पदमार्गका विभिन्न ठाउँमा पनि बाटो अवरुद्ध छ। बाढीले पदमार्गका पुल बगाएकाले घोडा र खच्चडको आवतजावतमा समेत असर परेको छ।

स्रोत

सम्बन्धित समाचार