इन्द्रजात्राका गतिविधि र रथयात्राको रुट अब मोबाइल एपमा

काठमाडौँको ऐतिहासिक र सांस्कृतिक पर्व इन्द्रजात्राका गतिविधि, रथयात्राको रुट र ट्राफिकको अवस्था अब मोबाइल एपबाटै हेर्न सकिने भएको छ। काठमाडौँ महानगरपालिका र डिजिटल नक्सा सेवा गल्ली म्यापको सहकार्यमा यो व्यवस्था मिलाइएको हो। महानगरकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलले गल्ली म्यापमार्फत सर्वसाधारणले जात्राका सबै विवरण पाउन सक्ने जानकारी दिनुभएको छ। यस वर्ष एपमा ट्राफिक व्यवस्थापनको विवरण पनि थपिएको छ। जात्राले असर पार्ने सडक, सम्भावित जाम र वैकल्पिक बाटोबारे एपले जानकारी दिनेछ।
यो समाचार भिडियोमा

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो

