वर्षाले राजमार्ग अवरुद्ध, बीपी राजमार्ग खुल्यो, पृथ्वी राजमार्ग खुलाउने काम जारी

रातभरको वर्षापछि लेदो र गेग्रान खसेर अवरुद्ध बिपी राजमार्ग पुनः सञ्चालनमा आएको छ भने पृथ्वी राजमार्ग खुलाउने काम जारी छ। काभ्रेको रोशी गाउँपालिका–९ पिन्थलीबेँसी नजिक नार्के–पिन्थली निर्माणाधीन खण्डमा थुप्रिएको लेदो डोजरले हटाएपछि गाडी चल्न थालेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रविन विष्टले बताउनुभएको छ। धादिङको गजुरी–५ गलौँदीमा त्रिशूलीको कटानले सडक भासिएपछि स्थानीय तहसँग सहमति गरी ब्याक कटिङ सुरु भएको छ।
सडक विभागले यातायात सुचारु हुन करिब ८ घण्टा लाग्ने जनाएको छ। त्यहाँ अहिले वैकल्पिक बाटोबाट पालैपालो दुई पाङ्ग्रे र साना सवारीलाई प्राथमिकता दिएर चलाइएको छ। राजमार्ग बन्द हुँदा नयाँ बसपार्कबाट छुट्ने बस बसपार्कमै र मालवाहक गाडी कलंकीमा रोकिएका छन्।
मकवानपुरमा जिल्ला प्रशासनले त्रिभुवन राजपथमा आलोपालो समयतालिका लागू गरेको छ भने ट्राफिक प्रहरीले यात्रुवाहक गाडीलाई प्राथमिकता दिएको छ। गुल्मीको राक्सेमा पहिरो खसेर कालीगण्डकी करिडोर पूर्ण रूपमा अवरुद्ध छ।
स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


