१० असोज २०८३ English
English

सर्त पूरा भए सात दिनमै होर्मुज खोल्ने इरानको प्रस्ताव, अमेरिकाको प्रतिक्रियामा फरक खबर

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
सर्त पूरा भए सात दिनमै होर्मुज खोल्ने इरानको प्रस्ताव, अमेरिकाको प्रतिक्रियामा फरक खबर

YouTube मा सब्स्क्राइब

केही सर्त पूरा भएमा होर्मुज जलमार्ग एक साताभित्र फेरि खुला गर्न सकिने प्रस्ताव इरानले अमेरिकालाई पठाएको छ। इरानी विदेशमन्त्री सैयद अब्बास अराघ्चीले न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघ मुख्यालयमा पत्रकारसँग कुरा गर्दै उक्त योजना कतारमार्फत अमेरिकालाई पठाइएको बताउनुभएको छ। उहाँका अनुसार अमेरिकाले प्रस्ताव स्वीकारेपछि समयसीमा सुरु हुनेछ, अमेरिकी पक्षलाई आवश्यक कदम चाल्न चारदेखि पाँच दिन लाग्नेछ, छैटौँ दिन जलमार्ग खुल्नेछ र सातौँ दिन अन्तिम सम्झौताका लागि वार्ता थालिनेछ।

अमेरिकाले चाल्नुपर्ने कदम गत जुनमा दुवै देशका राष्ट्रप्रमुखले हस्ताक्षर गरेको समझदारीपत्रमै समेटिएको विदेशमन्त्री अराघ्चीको भनाइ छ। दबाब वा धम्कीका आधारमा इरानले सार्वभौम अधिकारमा सम्झौता नगर्ने उहाँले स्पष्ट पार्नुभएको छ। अब निर्णय अमेरिकाले गर्नुपर्ने उहाँको भनाइ छ।

एक अमेरिकी अधिकारीले मध्यस्थकर्तामार्फत परमाणु विषयसमेत समेटेर सकारात्मक वार्ता भइरहेको बताउनुभएको छ। अर्कातर्फ अमेरिकी अखबार वाल स्ट्रिट जर्नलले राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रस्ताव अस्वीकार गरेको जनाएको छ। राष्ट्रपति ट्रम्पले यसै साता इरानलाई ध्वस्त पार्ने चेतावनी दिनुभएको थियो।

गत फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि आक्रमण सुरु गरेका थिए।

स्रोत

सम्बन्धित समाचार