२२ असोज २०८३ English
English

बाढीले सडक बगाएको ४४ दिनपछि रसुवा र नुवाकोट जोड्ने तुइन सञ्चालनमा

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
बाढीले सडक बगाएको ४४ दिनपछि रसुवा र नुवाकोट जोड्ने तुइन सञ्चालनमा
तस्बिर: नागरिक

भोटेकोशी बाढीका कारण सडक सञ्जाल अवरुद्ध भएको ४४ दिनपछि रसुवा र नुवाकोट जोड्ने गरी तुइन सञ्चालनमा ल्याइएको छ।

रसुवाको उत्तरगया गाउँपालिकास्थित पैरेबेँसीबाट नुवाकोटको किस्पाङ गाउँपालिकाको शान्तिबजार जोड्ने गरी आजदेखि तुइन सञ्चालन गरिएको हो। उत्तरगया गाउँपालिकाका स्थानीयवासीको आवतजावत सहज बनाउन तुइन सञ्चालनमा ल्याइएको जनाइएको छ।

गत भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीले यस क्षेत्रको सडक सञ्जाल अवरुद्ध भएको थियो। बाढीपछि स्थानीयको आवतजावतमा समस्या हुँदै आएको थियो।

पछिल्लो बुलेटिन

के हुँदैछ डेली | आजका मुख्य समाचार | २२ असोज २०८३ बेलुकी | K Hudei Cha Daily News Asoj 22 2083

YouTube मा सब्स्क्राइब

स्रोत

सम्बन्धित समाचार