१५ असोज २०८३ English
English

इटहरीमा सीप तथा रोजगार मेला सुरु, असोज २० सम्म चल्ने

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
इटहरीमा सीप तथा रोजगार मेला सुरु, असोज २० सम्म चल्ने

YouTube मा सब्स्क्राइब

सुनसरीको इटहरीमा बुधबारदेखि सीप तथा रोजगार मेला सुरु भएको छ। युवा, श्रम तथा रोजगार मन्त्रालयले आयोजना गरेको मेलाको उद्घाटन प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले गर्नुभएको छ। देशभित्रको श्रमबजारले खोजेको सीप र युवासँग भएको सीपबीच तालमेल नमिल्दा युवा विदेश जान बाध्य भएको सभामुख अर्यालले बताउनुभएको छ।

उहाँका अनुसार अर्कातर्फ स्वदेशकै रोजगारदाताले आवश्यक कामदार नपाएर विदेशी श्रमिक ल्याउनुपरेको छ। युवालाई रोजगारी खोज्ने मात्र होइन, रोजगारी सिर्जना गर्ने उत्पादनशील जनशक्ति बनाउनुपर्नेमा उहाँले जोड दिनुभएको छ। बजारको मागअनुसार सीप विकास, रोजगारसँग सिधा समन्वय र उद्यमशीलतालाई प्राथमिकता दिनुपर्ने उहाँको धारणा छ।

कार्यक्रमको अध्यक्षता गर्नुभएका युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले सरकारले आन्तरिक रोजगारीलाई प्राथमिकतामा राखेको बताउँदै मेलाले युवापुस्तालाई अवसरसँग जोड्ने बताउनुभएको छ।

स्रोत

सम्बन्धित समाचार