१६ असोज २०८३ English
English

म्यादी प्रहरीको पोसाक खरिद अध्ययन गर्न लेखा समितिको ९ सदस्यीय उपसमिति

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
म्यादी प्रहरीको पोसाक खरिद अध्ययन गर्न लेखा समितिको ९ सदस्यीय उपसमिति

YouTube मा सब्स्क्राइब

प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले निर्वाचन प्रहरी अर्थात् म्यादी प्रहरीको पोशाक खरिदबारे अध्ययन गर्न ९ सदस्यीय उपसमिति गठन गरेको छ। सिंहदरबारमा शुक्रबार बसेको समितिको बैठकले रास्वपा सांसद मनिष झाको संयोजकत्वमा उपसमिति बनाएको हो। उपसमितिमा सांसदहरू ऐन महर, योगेश गौचन थकाली, आर्यन राई, खगेन्द्र सुनार, खुश्बु ओली, रमेशकुमार मल्ल, गणेश धिमाल र महेन्द्रबहादुर शाही सदस्य हुनुहुन्छ।

समितिका सभापति भरत खड्काका अनुसार उपसमितिले दुई महिनाभित्र अध्ययन गरी प्रतिवेदन बुझाउनुपर्नेछ। गत फागुनको प्रतिनिधिसभा निर्वाचनका लागि नेपाल प्रहरीले माघमा निर्वाचन प्रहरीको पोशाक खरिद गरेको थियो। उक्त निर्वाचनका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीले करिब डेढ लाख निर्वाचन प्रहरी भर्ना गरेका थिए।

खरिदमा अनियमितता भएको भन्दै सांसद खगेन्द्र सुनारले पटकपटक प्रश्न उठाउँदै आउनुभएको छ। शुक्रबारको बैठकमा उहाँले सम्बन्धित कागजात १५ दिनभित्र माग गरिए पनि फाइल आए–नआएको जानकारीसमेत सदस्यलाई नदिइएको भन्दै असन्तुष्टि जनाउनुभएको थियो। छानबिन समिति बनाउने कि अध्ययन समिति भन्ने विषयमा सांसदहरूबीच मतभेद देखिएको थियो।

स्रोत

सम्बन्धित समाचार