निर्णय भएको दशकपछि छेला औद्योगिक क्षेत्रलाई जग्गाको भोगाधिकार

कञ्चनपुरको बेदकोट नगरपालिकामा प्रस्तावित दैजी छेला औद्योगिक क्षेत्रले सरकारी निर्णय भएको एक दशकपछि बल्ल जग्गाको भोगाधिकार पाएको छ। सरकारले २०७२ सालमा बेदकोट–२ र ३ को वन क्षेत्रमा चार किल्ला तोकी औद्योगिक क्षेत्र बनाउने निर्णय गरेको थियो। सुदूरपश्चिम प्रदेशमा उद्योगको विकास र विस्तारका लागि यो क्षेत्र २०५२ सालमै प्रस्ताव गरिएको थियो।
सरकारी प्रक्रियामा देखिएका अल्झनका कारण यसको स्थापना लामो समयसम्म ढिलो हुँदै आएको थियो। हालै बसेको मन्त्रिपरिषद् बैठकले यस प्रयोजनका लागि राष्ट्रिय वनको जग्गा उपयोग गर्ने अनुमति दिएपछि काम अघि बढ्न थालेको छ। दैजी औद्योगिक क्षेत्र सम्पर्क कार्यालयका प्रमुख प्रदीप पराजुलीले मन्त्रिपरिषद्को स्वीकृतिसँगै औद्योगिक क्षेत्र स्थापनाको कामले गति लिने बताउनुभएको छ।
स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


