९ असोज २०८३ English
English

१५ वर्षदेखि अलपत्र कमला पुलको निर्माण अन्तिम चरणमा

· १ मिनेट पढाइ
१५ वर्षदेखि अलपत्र कमला पुलको निर्माण अन्तिम चरणमा
तस्बिर: बिजमाण्डू

मधेशको मेरुदण्ड मानिने हुलाकी राजमार्गअन्तर्गत धनुषा र सिराहा जोड्ने कमला नदीको पुल १५ वर्षसम्म अलपत्र रहेपछि अहिले निर्माणको अन्तिम चरणमा पुगेको छ। पूर्वाधार विकास मन्त्रालयले आयोजनाको मुख्य अड्चन पहिचान गरी निर्माण कम्पनीलाई सहजीकरण गरेपछि काममा गति आएको जनाएको छ। ठेकेदार कम्पनी र बीमा कम्पनीबीचको विवादका कारण आयोजना लामो समय रुग्ण बनेको थियो।

पूर्वाधार विकासमन्त्री सुनिल लम्सालको सचिवालयका अनुसार नदीमा भाँचिएको दशौँ पिलर पुनः उठाइसकिएको छ र जगसहित ३ वटा पिलरको सबलीकरण सकिएको छ। सब स्ट्रक्चरको ढलान पनि सम्पन्न भएको छ भने लोड परीक्षणसमेत सकिएको छ। अब सुपर स्ट्रक्चरको स्ल्याबमाथि ढलान मात्र बाँकी छ, जुन नदीको पानी घटेपछि आगामी हप्ता सक्ने तयारी छ।

सिराहातर्फको पहुँच सडकमा माटो भर्ने काम सकिएको छ, तर धनुषातर्फ भरिएको माटो वर्षाले बगाएकाले पानी घटेपछि फेरि भरिनेछ। सचिवालयका अनुसार २ महिनाभित्र पुल सञ्चालनमा ल्याउने लक्ष्यसहित काम भइरहेको छ।

स्रोत

सम्बन्धित समाचार