९ असोज २०८३ English
English

सञ्चारमन्त्री तिमिल्सिनासँग कोरियाली राजदूतको भेट

· १ मिनेट पढाइ
सञ्चारमन्त्री तिमिल्सिनासँग कोरियाली राजदूतको भेट
तस्बिर: राजधानी

गणतन्त्र कोरियाका नेपालस्थित राजदूत पार्क जे–ख्योङले सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनासँग आज शिष्टाचार भेट गर्नुभएको छ। मन्त्रीको कार्यकक्षमा भएको भेटमा दुई देशबीचको सम्बन्ध, भोटेकोशी बाढी प्रभावितको उद्धार, पुनःस्थापना र सहायताका विषयमा छलफल भएको छ।

सूचना प्रविधि, डिजिटल अर्थतन्त्र र कृत्रिम बौद्धिकतामा सहकार्य गर्नेबारे पनि कुराकानी भएको छ। भोटेकोशी बाढीको कठिन घडीमा कोरियाले देखाएको सहानुभूति र सहयोगप्रति मन्त्री तिमिल्सिनाले आभार प्रकट गर्नुभएको छ। उद्धार र खोजीका लागि कोरियाले विपद् व्यवस्थापन टोली परिचालन गरेकोमा पनि उहाँले धन्यवाद दिनुभएको छ।

बाढी प्रभावितलाई सहयोग गर्ने तथा पुनर्निर्माण र पुनःस्थापनामा सघाउने कोरियाली सरकारको प्रतिबद्धताप्रति पनि उहाँले कृतज्ञता जनाउनुभएको छ। आपसी सम्मान, समझदारी र सहकार्यमा आधारित नेपाल–कोरिया मैत्री सम्बन्धलाई आगामी दिनमा अझ फराकिलो बनाउनुपर्नेमा मन्त्री तिमिल्सिनाले जोड दिनुभएको छ।

स्रोत

सम्बन्धित समाचार