विश्वका सहरको सूचकाङ्कमा काठमाडौँ ६८७औँ स्थानमा

अक्सफोर्ड इकोनोमिक्सले सार्वजनिक गरेको ग्लोबल सिटिज इन्डेक्स २०२६ मा नेपालको सङ्घीय राजधानी काठमाडौँ ६८७औँ स्थानमा परेको छ। स्वतन्त्र परामर्शदाता कम्पनीले अर्थतन्त्र, मानवीय क्षमता, जीवनस्तर, वातावरण र शासनका आधारमा संसारका १ हजार प्रमुख सहरको लेखाजोखा गरी सूची बनाएको जनाएको छ। कम्पनीका अनुसार समग्र स्थान तय गर्दा पाँचवटै आधारलाई जोडेर सहरको अवस्था मापन गरिएको छ।
विधागत रूपमा काठमाडौँ अर्थतन्त्रमा ६७०औँ, मानवीय क्षमतामा ५६२औँ, वातावरणमा ६३९औँ, शासनमा ६३५औँ र जीवनस्तरमा ८४०औँ छ। अमेरिकाको न्युयोर्क १०० अङ्क ल्याएर सूचीको शीर्षमा छ। बेलायतको लन्डन ९८.८ अङ्कसहित दोस्रो र फ्रान्सको पेरिस ९३.४ अङ्कसहित तेस्रो स्थानमा छन्।
चौथो र पाँचौँ स्थान अमेरिकाकै सियाटल र सान फ्रान्सिस्कोले ओगटेका छन्। छैटौँदेखि दशौँसम्म क्रमशः आयरल्यान्डको डब्लिन, अमेरिकाका बोस्टन र सान होजे, जापानको टोकियो र स्विट्जरल्यान्डको ज्युरिच छन्। शीर्ष १० सहरमध्ये ५ वटा अमेरिकाका हुन्।
स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


