सडकमा अस्पतालजन्य फोहोर फाल्ने कम्पनीलाई काठमाडौँ महानगरको जरिवाना

काठमाडौँ महानगरपालिका वडा नम्बर ३१ आलोकनगरको सडकमा अनधिकृत रूपमा अस्पतालजन्य फोहोर फालेको प्रमाण भेटिएपछि महानगरले एउटा औषधि उत्पादक कम्पनीलाई ५० हजार रुपैयाँ जरिवाना गरेको छ। अनुगमनका क्रममा महानगर प्रहरी बलले फोहोरभित्र २ कम्पनीका नाम उल्लेखित कागजपत्र फेला पारेको थियो। एउटा कम्पनीको ठेगाना भक्तपुर र अर्कोको टोखा नगरपालिकाअन्तर्गत धापासी रहेको छ।
दुवै ठाउँ महानगरको क्षेत्रबाहिर पर्ने भएकाले कारबाहीका लागि काठमाडौँ र भक्तपुरका जिल्ला प्रशासन कार्यालयमार्फत प्रक्रिया चलाइएको थियो। फोहोरमैला व्यवस्थापन ऐन, २०६८ र महानगरको वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ अनुसार सम्बन्धित पक्षलाई महानगर कार्यालयमा उपस्थित गराउन प्रहरी बलले अनुरोध गरेको थियो। त्यही अनुरोधका आधारमा भक्तपुर प्रशासनमार्फत सम्पर्कमा आएको कम्पनीलाई जरिवाना गरिएको महानगरले जनाएको छ।
स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


