२० असोज २०८३ English
English

दसैँका लागि असोज २३ देखि बसको अग्रिम टिकट बुकिङ खुल्ने, लामो रुटमा दुई चालक अनिवार्य

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
दसैँका लागि असोज २३ देखि बसको अग्रिम टिकट बुकिङ खुल्ने, लामो रुटमा दुई चालक अनिवार्य

YouTube मा सब्स्क्राइब

दसैँ, तिहार र छठमा घर जाने यात्रुका लागि सार्वजनिक सवारीको अग्रिम टिकट बुकिङ असोज २३ गते शुक्रबारदेखि खुला हुने भएको छ। यातायात व्यवस्था विभागमा मङ्गलबार यातायात व्यवसायी, मजदुर सङ्गठन, प्रहरी र नयाँ बसपार्क सञ्चालक कम्पनीसहितका सरोकारवालाको बैठकले यो निर्णय गरेको हो। विभागका महानिर्देशक राजीव पोखरेलले यात्रुलाई सहज रूपमा गन्तव्य पुर्‍याउन सुरक्षा निकायसँग समन्वय भइरहेको बताउनुभएको छ।

अब लामो दूरीका बसमा दुई जना चालक राख्नैपर्नेछ। चाडपर्वभर देशभरका सवारीसाधनलाई रुट परमिट नचाहिने व्यवस्था गरिएको छ। खाद्यान्न, औषधि, इन्धन र दूध बोकेकाबाहेक अन्य ठूला सवारीसाधनलाई काठमाडौँ आवतजावतमा रोक लगाइएको छ।

अन्तिम समयमा हुने टिकट अभाव, काउन्टरको भिड र मनपरी भाडा असुली रोक्न विशेष तयारी थालिएको छ। सडक अवरोध र दुर्घटनाको सूचना तुरुन्तै साटासाट गर्न केन्द्रीय सूचना केन्द्र पनि सञ्चालन हुनेछ। यस वर्ष करिब १० लाख मानिस उपत्यकाबाट बाहिरिने अनुमान गरिएको छ।

स्रोत

सम्बन्धित समाचार