११ कात्तिक २०८३ English
English

पहिलो त्रैमासमा निर्यात पहिलोपटक खर्ब नाघ्यो, व्यापार घाटा ५ खर्बभन्दा बढी

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
पहिलो त्रैमासमा निर्यात पहिलोपटक खर्ब नाघ्यो, व्यापार घाटा ५ खर्बभन्दा बढी
तस्बिर: नेपाल प्रेस

चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा नेपालको निर्यात व्यापारले इतिहासमै पहिलोपटक खर्बको आँकडा पार गरेको छ। भन्सार विभागका अनुसार साउनदेखि असोजसम्म निर्यात १ खर्ब १४ अर्ब रुपैयाँ नाघेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ५७.०३ प्रतिशतले बढी हो।

सोही अवधिमा आयात पनि ३८ प्रतिशतले बढेको छ। तीन महिनामा कुल ७ खर्ब ६१ अर्ब ७ करोड रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको छ। समग्र वैदेशिक व्यापार ४० प्रतिशतभन्दा धेरैले बढेको छ।

निर्यात उल्लेख्य रूपमा बढे पनि आयातको आकार ठूलो हुँदा व्यापार घाटा ५ खर्ब रुपैयाँभन्दा बढी पुगेको छ।

पछिल्लो बुलेटिन

के हुँदैछ डेली | आजका मुख्य समाचार | ११ कात्तिक २०८३ बेलुकी | K Hudei Cha Daily News Kartik 11 2083

YouTube मा सब्स्क्राइब

स्रोत

सम्बन्धित समाचार