विद्युत् व्यापारका लागि ६ निजी कम्पनीलाई आशयपत्र

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले विद्युत् व्यापारको पूर्वतयारीका लागि ६ निजी कम्पनीलाई आशयपत्र दिएको छ। मन्त्रालयमा यसका लागि हालसम्म १४ कम्पनीले आवेदन दिएका छन्। बाँकी ८ कम्पनीका कागजात र प्रक्रिया अध्ययन भइरहेको छ।
मन्त्रालयले असोज ३० गते निजी क्षेत्रलाई आशयपत्र दिने निर्णय गरेको थियो। आशयपत्र पाउनेमा ट्रान्स एसिया पावर ट्रेडिङ, नेपाल पावर एक्सचेन्ज र देव पावर ट्रेड कम्पनीलगायत छन्। आशयपत्रको समयसीमा २ वर्ष तोकिएको छ।
मन्त्रालयका वरिष्ठ डिभिजनल इन्जिनियर सञ्जीव रायका अनुसार कागजात पुर्याउने सबै कम्पनीले आशयपत्र पाउनेछन्। उहाँका अनुसार आशयपत्र बजार सर्वेक्षणका लागि हो भने विद्युत् व्यापारको लाइसेन्स दिने तयारी छुट्टै भइरहेको छ। लाइसेन्सका सर्त कडा हुने र आशयपत्र पाएका सबैले लाइसेन्स नपाउन सक्ने पनि उहाँले बताउनुभएको छ।
स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


