जर्मनीमा रहेका आठ सयभन्दा बढी ऐतिहासिक दस्तावेज राष्ट्रिय अभिलेखालयलाई हस्तान्तरण

जर्मनीको एक निजी सङ्ग्रहमा रहेका १३औँदेखि २०औँ शताब्दीसम्मका ८ सयभन्दा बढी नेपाली ऐतिहासिक दस्तावेज राष्ट्रिय अभिलेखालय नेपालले प्राप्त गरेको छ। ती दस्तावेज जर्मन नागरिक जोसेफ पिटर रिन्डफ्लाइसको व्यक्तिगत सङ्ग्रहमा थिए। अभिलेखालयमा शुक्रबार भएको कार्यक्रममा हाइडेलबर्ग विश्वविद्यालयअन्तर्गतको हाइडेलबर्ग एकेडेमी अफ साइन्सेस एन्ड ह्युमानिटिजका प्राध्यापक एक्सेल माइकल्स, डा.
मनिक बज्राचार्य र राजन खतिवडाले संयुक्त रूपमा परराष्ट्रमन्त्री शिशिर खनाललाई दस्तावेज सुम्पिएका हुन्। रिन्डफ्लाइसका छोरा वाल्टरले बुबाका दस्तावेज नेपाल फर्काउन आफ्ना साथी प्राध्यापक माइकल्सलाई जिम्मा दिएका थिए। त्यसपछि माइकल्सले हाइडेलबर्ग विश्वविद्यालयमार्फत ती दस्तावेज नेपाललाई हस्तान्तरण गरेका हुन्।
यो काममा जर्मनीस्थित नेपाली राजदूतावास, हाइडेलबर्ग विश्वविद्यालय, सराफ फाउन्डेसन र राष्ट्रिय अभिलेखालयको सहकार्य रहेको छ।
स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो

