रासायनिक मल खरिदका लागि १० अर्बको स्रोत सहमति, टेन्डर चाँडै

आगामी याममा किसानलाई चाहिने रासायनिक मल खरिद गर्न अर्थ मन्त्रालयले १० अर्ब रुपैयाँ बराबरको स्रोत सहमति दिएको छ। कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीको सचिवालयले यो जानकारी सार्वजनिक गरेको हो। किसानले सहज रूपमा मल पाऊन् भन्ने उद्देश्यले सरकारले खरिद प्रक्रिया अघि बढाउन लागेको सचिवालयले जनाएको छ।
सहमति प्राप्त भएसँगै सोही रकमबाट मल खरिदका लागि टेन्डर आह्वान गर्ने प्रक्रिया चाँडै सुरु हुने तयारी रहेको छ। मल अभावले खेतीमा असर नपरोस् भन्नका लागि खरिद तथा आपूर्ति व्यवस्थापनलाई प्राथमिकतामा राख्न मन्त्री चौधरीले निर्देशन दिनुभएको सचिवालयले जनाएको छ। सचिवालयका अनुसार उक्त रकम आगामी यामका लागि चाहिने मल खरिदमै खर्च हुनेछ।
यो समाचार भिडियोमा

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


