९ असोज २०८३ English
English

वसन्तपुरमा इन्द्रजात्राको तयारी अन्तिम चरणमा

· १ मिनेट पढाइ

विश्व सम्पदा सूचीमा परेको काठमाडौँको वसन्तपुर दरबार क्षेत्रमा इन्द्रजात्राका लागि गरिएको तयारी अन्तिम चरणमा पुगेको छ। यहाँ रथ बनाउने र सरसफाइ गर्ने काम भइरहेको छ भने काष्ठमण्डप, कुमारी घर र शिव–पार्वती मन्दिरलगायत सम्पदामा रङरोगन गरी रातो ध्वजा फेर्ने काम चलिरहेको छ। इन्द्रजात्रा व्यवस्थापन समितिका अध्यक्ष गौतमरत्न शाक्यले जात्राका लागि चाहिने अधिकांश तयारी सकिएको बताउनुभएको छ।

उहाँका अनुसार जात्रा भव्य रूपमा चलाउन समितिसँग आबद्ध ३१ गुठी खलःसँग पटक–पटक बैठक बसिसकिएको छ भने सुरक्षाबारे नेपाल प्रहरीसँग छलफल भइसकेको छ। इन्द्रजात्रा राष्ट्रिय पर्व भएकाले यसलाई हेर्न आउने विदेशी पर्यटकका लागि पनि व्यवस्था मिलाइएको अध्यक्ष शाक्यले जानकारी दिनुभएको छ। इन्द्रजात्रा नेवार समुदायका लागि विशेष महत्त्व राख्ने पर्व हो।

यो समाचार भिडियोमा

वसन्तपुरमा इन्द्रजात्राको तयारी अन्तिम चरणमा

स्रोत

सम्बन्धित समाचार