नारायणी घट्यो, किनारका घर र विद्यालयमा लेदो सफा गर्न सास्ती

चितवनमा नारायणी नदीको बाढी घटे पनि भरतपुर महानगरपालिका–१ लीलाचोकका नदी किनारका बासिन्दा घरमा थुप्रिएको लेदो र बालुवा हटाउन सास्ती भोगिरहेका छन्। लगातार ४ दिन परेको वर्षाले नदीमा बाढी आएको थियो। सोमबार नारायणीको जलसतह करिब साढे ४ मिटर घटेको छ।
घरभित्रका भाँडाकुँडा, कपडा, चप्पल, र्याक, खाट र दराजमध्ये केही बाढीले बगाएको छ भने केही हिलाम्मे भएका छन्। केही घर पूरै बगेका छन्। रात छिमेकी र आफन्तका घरमा बिताएका बाढीपीडित सोमबार बिहानैदेखि बालबालिका सम्हाल्दै सरसफाइमा जुटेका छन्।
बाढी घटेपछि पनि स्थानीय तह वा सरकारी निकायबाट कोही बुझ्न नआएको पीडितहरूको गुनासो छ। नदी किनारमै रहेको राष्ट्रिय आधारभूत विद्यालय बाढी र हिलोले अस्तव्यस्त बनेको छ र कक्षाकोठाका टेबल र कुर्सी हिलाम्मे भएका छन्। स्थानीय युवा अञ्जित सापकोटाका अनुसार यो विद्यालय अत्यन्तै जोखिमपूर्ण क्षेत्रमा छ र यहाँ हरेक १–२ वर्षमा बाढी पस्ने गरेको छ।
विद्यालयको सफाइका लागि स्थानीय युवाहरूले सरसफाइ अभियान चलाएका छन्।
स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


