त्रिभुवन विमानस्थलबाट ४२२.५ ग्राम सुनसहित भारतीय नागरिक पक्राउ

काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित एक जना भारतीय नागरिक पक्राउ परेका छन्। पक्राउ पर्नेमा भारतको दिल्लीका करिब ४६ वर्षीय अस्लम सोकट रहेका छन्।
उनी मुम्बईबाट इन्डिगो एयरको उडानमार्फत काठमाडौं आएका थिए। अस्वाभाविक हिँडडुल गरिरहेको देखिएपछि उनीमाथि चेकजाँच गरिएको थियो।
चेकजाँचका क्रममा उनको अन्डरवेयरभित्र प्लास्टिकले बेरेर लुकाइछिपाई राखेको अवस्थामा ४२२.५ ग्राम सुनजस्तो देखिने पहेँलो धातु फेला परेको प्रहरीले जनाएको छ।
बरामद पदार्थसहित उनलाई पक्राउ गरिएको हो।
पछिल्लो बुलेटिन

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


