राष्ट्र बैंकले १ रुपैयाँका ४० करोड थान सिक्का टकमारी गर्ने, अन्तर्राष्ट्रिय बोलपत्र आह्वान

नेपाल राष्ट्र बैंकले १ रुपैयाँ दरका ४० करोड थान नयाँ सिक्का ल्याउने भएको छ।
राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले १ रुपैयाँ दरका ४० करोड थान साधारण चल्तीका सिक्काको डिजाइन, टकमारी (मिन्टिङ), आपूर्ति तथा डेलिभरीका लागि अन्तर्राष्ट्रिय बोलपत्र (टेन्डर) आह्वान गरेको हो।
विभागले यसका लागि पूर्वयोग्यता प्राप्त सुरक्षण सिक्का टकमारी कम्पनीहरूबाट बोलपत्र मागेको जनाएको छ।
सिक्का डिजाइनदेखि नेपालसम्म आपूर्ति गर्ने सम्पूर्ण काम बोलपत्रमार्फत छनोट हुने कम्पनीले गर्नुपर्नेछ।
पछिल्लो बुलेटिन

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


