१२ असोज २०८३ English
English

नारायणी पुलमा सवारी आवागमन सुरु, हलुका गाडीलाई मात्र अनुमति

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
नारायणी पुलमा सवारी आवागमन सुरु, हलुका गाडीलाई मात्र अनुमति
तस्बिर: अनलाइनखबर

चितवनको नारायणघाट र पूर्वी नवलपरासीको गैंडाकोट जोड्ने नारायणी नदीमाथिको पुलबाट सवारीसाधन आवतजावत हुन थालेका छन्। पुलमा हलुका गाडी चलाउन अनुमति दिइएको छ।

नारायणी नदीमा आएको बाढीले क्रुजसिप अर्थात् सानो पानीजहाज बगाएर पुलमा अड्काएपछि आइतबार बेलुकीदेखि पुलमा सवारीसाधन आवतजावतमा रोक लगाइएको थियो।

पुलमा अड्किएको क्रुजसिप निकाल्न प्रशासनले दुई विकल्पमा तयारी गरिरहेको छ। 'प्राविधिकहरूसँग सल्लाह गरी सबै तयारी गरेका छौं। पुलको पिल्लरलाई कम भन्दा कम क्षति हुने गरी निकाल्ने तयारी भइरहेको छ,' चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले भने।

पछिल्लो बुलेटिन

के हुँदैछ डेली | आजका मुख्य समाचार | १२ असोज २०८३ बिहानी | K Hudei Cha Daily News Asoj 12 2083

YouTube मा सब्स्क्राइब

स्रोत

सम्बन्धित समाचार