कांग्रेस महाधिवेशन: साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो, सभापतिको मतगणना आजै

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि शुक्रबार मतदान भएको छ। महाधिवेशनमा सहभागी ७ हजार २५५ प्रतिनिधिमध्ये अपराह्न साढे ५ बजेसम्म ५ हजार ६३३ मत खसेको निर्वाचन समितिले जनाएको छ।
दोस्रो पटक थपिएको बेलुका ७ बजेको समय पनि सकिँदा मतदान पूरा भएको थिएन। राष्ट्रिय सभागृह र खुलामञ्चमा गरी करिब ५०० प्रतिनिधि मतदान गर्न बाँकी थिए। खुलामञ्चभित्र प्रवेश गरिसकेका र लाइनमा रहेका प्रतिनिधिले मतदान गर्न पाउने भएका छन्।
सभापतिका उम्मेदवार गगनकुमार थापाले राष्ट्रिय सभागृहस्थित मतदान केन्द्रमा पुगेर मतदान गरेका छन्। निर्विरोध वरिष्ठ उपसभापति निर्वाचित भएका विश्वप्रकाश शर्माले शुक्रबार साँझ खुलामञ्चस्थित तराई मधेश हलमा पुगेर मतदान गरे।
निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालका अनुसार सभापति पदका लागि खसेको मतको गणना आजै राष्ट्रिय सभागृहमा गरिनेछ। अन्य पदका लागि खसेको मतको गणना सानेपामा गरिने समितिले जनाएको छ।
पछिल्लो बुलेटिन

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


