मलेसियामा न्यूनतम तलब २ हजार रिंगिट पुग्ने

मलेसियाले श्रमिकको न्यूनतम मासिक तलब बढाउने घोषणा गरेको छ। प्रधानमन्त्री अनवर इब्राहिमले शुक्रबार सन् २०२७ को बजेट पेस गर्ने क्रममा यो घोषणा गरेका हुन्। अहिले १ हजार ७ सय रिंगिट रहेको न्यूनतम तलब अब २ हजार रिंगिट पुग्ने छ।
यसअनुसार तलबमा मासिक ३ सय रिंगिटको वृद्धि हुने छ। यो व्यवस्था सन् २०२७ को जुन महिनादेखि लागू हुने छ। यसबाट ४० लाखभन्दा बढी श्रमिकले फाइदा पाउने अपेक्षा गरिएको छ।
मलेसियामा काम गर्ने नेपाली श्रमिक पनि यसका लाभग्राही हुने छन्। साथै, अवैध रूपमा काम गरिरहेका विदेशी कामदार नियन्त्रण गर्न मलेसियाले करसम्बन्धी नियम कडा बनाउने भएको छ।
स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


