कांग्रेसमा असन्तुष्टि: सर्लाहीमा राजीनामा, मोरङमा एकताको महाधिवेशनको माग

नेपाली कांग्रेस सर्लाहीका दुई नेताले क्रियाशील सदस्यता वितरणमा अनियमितता भएको आरोप लगाउँदै पदसँगै साधारण सदस्यतासमेत त्याग्नुभएको छ। जिल्ला कार्यसमितिका कार्यवाहक सभापति सरोजकुमार र क्षेत्र नम्बर २ (ख)का क्षेत्रीय सभापति भिखारी ठाकुरले राजीनामा दिनुभएको हो। सरोजकुमारले केन्द्रीय सभापतिलाई सम्बोधन गर्दै राजीनामापत्र बुझाउनुभएको छ।
उहाँले निर्वाचन क्षेत्र नम्बर २ मा सदस्यता वितरण र नवीकरण गर्दा पार्टीको विधि र मूल्य पालना नभएको दाबी गर्नुभएको छ। चुनावमा कांग्रेस उम्मेदवारविरुद्ध काम गर्नेलाई कारबाही गर्नुको सट्टा सदस्यता दिइएको उहाँको आरोप छ। यता, मोरङमा डा.
शेखर कोइराला निकट नेताहरूले दुवै पक्षका अलग–अलग महाधिवेशन प्रक्रिया एउटै बनाएर एकताको महाधिवेशन गर्न माग गरेका छन्। विराटनगर महानगरपालिकाका मेयर तथा मोरङ उपसभापति नागेश कोइरालासहितका नेताले शुक्रबार विज्ञप्ति जारी गरी यस्तो माग गर्नुभएको हो। दुई समानान्तर प्रक्रियाले पार्टीमा छुट्टाछुट्टै संगठन र नेतृत्वको दाबी जन्माउने खतरा बढेको विज्ञप्तिमा उल्लेख छ।
यसबीच, पूर्वसभापति शेरबहादुर देउवानिकट मानिएका मीन विश्वकर्मा, ज्ञानेन्द्रबहादुर कार्की र रामहरि खतिवडालगायत नेता बिहीबार सानेपामा बसेको केन्द्रीय समिति बैठकमा सहभागी हुनुभएको छ। विशेष महाधिवेशनपछि झन्डै ९ महिना पार्टी कार्यालय नआएका देउवानिकट नेता सभापति गगन थापा नेतृत्वको पक्षमा फर्किन थालेका छन्।
स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


