९ असोज २०८३ English
English

भारत–जापान टी–२० को अन्तिम ओभरमा वाइड विवाद, नियमले के भन्छ

· १ मिनेट पढाइ
भारत–जापान टी–२० को अन्तिम ओभरमा वाइड विवाद, नियमले के भन्छ
तस्बिर: सेतोपाटी

भारत र जापानबीच मङ्गलबार खेलिएको टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटको अन्तिम ओभरमा अम्पायरले वाइडको निर्णय सच्याएपछि विवाद भएको छ। वर्षाका कारण ५–५ ओभरमा छोट्याइएको खेलमा भारतले ४ विकेटमा ३२ रन बनाएको थियो। जापानलाई अन्तिम ४ बलमा जित्न ८ रन चाहिएका बेला अक्षर पटेलको बलमा बायाँहाते जापानी ब्याटर एलेक्जेन्डर शिराइ–पाटमोरले रिभर्स हिटको प्रयास गर्नुभएको थियो।

लेग साइडतर्फ गएको उक्त बल र त्यसपछिको बललाई पनि स्ट्राइकरतर्फका जापानी अम्पायर क्रिस थर्गेटले वाइड दिनुभयो। लगातार दुई वाइडपछि जापानलाई ४ बलमा ६ रन मात्र चाहिने अवस्था बनेपछि भारतीय खेलाडीले असन्तुष्टि जनाए। त्यसपछि लेग अम्पायर रहेका आईसीसी इलाइट प्यानलका न्युजिल्यान्डका क्रिस ब्राउनले नियम सम्झाउँदै दोस्रो वाइड फिर्ता लिन लगाउनुभयो।

निर्णय सच्याइएपछि जापानलाई ३ बलमा ७ रन आवश्यक भयो, तर ऊ ३० रनमा रोकिँदा भारत २ रनले विजयी भएको छ। क्रिकेट वेबसाइट क्रिकइन्फोले नियमको हिसाबले अम्पायरको निर्णय सही रहेको जनाएको छ। दिशानिर्देशअनुसार ब्याटरले रिभर्स वा स्विच हिटको प्रयास गरेमा विकेटका दुवैतर्फलाई अफ साइड मानिन्छ।

टेलिभिजन अम्पायर र डीआरएसको व्यवस्था नभएको खेलमा पनि अर्को बल फ्याँकिनुअघि मैदानका अम्पायरले आफ्नो निर्णय सच्याउन पाउँछन्।

यो समाचार भिडियोमा

भारत–जापान टी–२० को अन्तिम ओभरमा वाइड विवाद, नियमले के भन्छ

स्रोत

सम्बन्धित समाचार