उपत्यका प्रवेशमा त्रिभुवन राजपथमा पालैपालो सवारी, कान्ति लोकपथको पहिरो हटाइयो, बीपीमा डाइभर्सन बग्यो

पृथ्वी र बीपी राजमार्ग बन्द हुँदा त्रिभुवन राजपथमा समय तोकेर पालैपालो सवारी चलाइएको छ। मकवानपुरका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीका अनुसार आज साँझ ७ देखि राति ११ बजेसम्म काठमाडौँबाट हेटौँडातर्फ गाडी छाडिनेछन्। इन्धन र एलपी ग्यास बोकेकाबाहेक १० चक्केभन्दा लामा सवारीमा रोक छ। पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले कान्ति लोकपथको बिरखेधारामा खसेको पहिरो हटाइएको बताउनुभएको छ। बीपी राजमार्गमा रोशी खोलाको बाढीले नमोबुद्ध–६ को चौकीडाँडा र रोशी–७ को घुमाउनेमा डाइभर्सन बगाएको छ।
यो समाचार भिडियोमा

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


