९ असोज २०८३ English
English

पृथ्वी राजमार्गको बाङ्गे र कृष्णभिरमा फेरि पहिरो, नारायणगढ–मुग्लिन आज पनि बन्द

· १ मिनेट पढाइ
पृथ्वी राजमार्गको बाङ्गे र कृष्णभिरमा फेरि पहिरो, नारायणगढ–मुग्लिन आज पनि बन्द
तस्बिर: रातोपाटी

धादिङको बाङ्गेमा लेदोसहितको पहिरो खस्दा पृथ्वी राजमार्ग दुवैतर्फ अवरुद्ध भएको छ। कृष्णभिरमा शुक्रबार फेरि पहिरो खस्दा डाइभर्सनको ग्याबिन जाली त्रिशूली नदीमा खसेको छ। चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार बिहीबार साँझदेखि बन्द नारायणगढ–मुग्लिन सडकमा अड्किएका सवारी दिउँसो कटाइएको छ। राजमार्गको तनहुँ खण्डमा पनि दर्जनौँ स्थानमा पहिरो खसेको छ। प्रशासनले यात्राअघि ट्राफिक प्रहरीसँग सडकको अवस्था बुझ्न वा वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ।

यो समाचार भिडियोमा

पृथ्वी राजमार्गको बाङ्गे र कृष्णभिरमा फेरि पहिरो, नारायणगढ–मुग्लिन आज पनि बन्द

स्रोत

सम्बन्धित समाचार