९ असोज २०८३ English
English

उपत्यकाका खोला उर्लिए: मनोहराको बोडे–मूलपानी पुल भासियो, चोभारमा बागमती उर्लियो

· १ मिनेट पढाइ
उपत्यकाका खोला उर्लिए: मनोहराको बोडे–मूलपानी पुल भासियो, चोभारमा बागमती उर्लियो
तस्बिर: रातोपाटी

भक्तपुरको बोडे र काठमाडौँको मूलपानी जोड्ने मनोहरा पुलसँगैको जमिन भासिएपछि सवारी आवागमन रोकिएको छ। प्रमुख जिल्ला अधिकारी बिनोदकुमार खड्काले पुल जोखिममा परेको बताउनुभएको छ। हनुमन्ते खोला उर्लिएपछि लोकन्थली र कौशलटारका टहरावासीलाई आदर्श जनप्रेमी स्कुलमा सारिएको छ। बागमती, विष्णुमती, हनुमन्ते र बल्खु खोलाको जलसतह सतर्कता तह नाघेको छ। चोभार गल्छीमा बागमती उर्लिएको छ। सुरक्षा निकायले बागमती र विष्णुमती करिडोर छाडी वैकल्पिक बाटो प्रयोग गर्न आग्रह गरेको छ।

यो समाचार भिडियोमा

उपत्यकाका खोला उर्लिए: मनोहराको बोडे–मूलपानी पुल भासियो, चोभारमा बागमती उर्लियो

स्रोत

सम्बन्धित समाचार