सप्तकोशीमा बहाव झन् बढ्यो, कोशी ब्यारेजका ३१ ढोका खोलिए, मुख्यमन्त्री अनुगमनमा

सुनसरीको कोशी ब्यारेजमा दिउँसो २ बजे बहाव करिब २ लाख ४० हजार क्युसेक पुग्दा ५६ मध्ये ३१ ढोका खोलिएका थिए। साँझ सवा ६ बजे बहाव करिब २ लाख ७० हजार क्युसेक पुगेपछि ३६ ढोका खोलिएका छन्। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की ब्यारेजको अनुगमनमा पुग्नुभएको छ। बाढी पूर्वानुमान महाशाखाले तल्लो तटीय क्षेत्रमा पर्सिसम्म उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। तटीय बासिन्दालाई नदीमा माछा मार्न र दाउरा टिप्न नजान आग्रह गरिएको छ।
यो समाचार भिडियोमा

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


