सेती नदीको रामघाटमा ताल बनेपछि पोखरामा उच्च सतर्कता

पोखराको मध्यभाग भएर बग्ने सेती नदीको रामघाटमा अविरल वर्षाले ताल बनेपछि सो क्षेत्रमा उच्च सतर्कता अपनाइएको छ।
रामघाटमा पानीको सतह बढ्दै गएको छ। पोखरा–९ लगायतका बस्ती नदी किनारमा पर्छन्।
रामघाटमा सेती नदीका कारण हरेक वर्ष ताल बन्ने गरेको छ। यसै वर्ष असार महिनाको अन्त्यमा पनि त्यहाँ ताल बनेको थियो। इन्जिनियर डा. नारायण गुरुङले सेती नदी र यसबाट निम्तिन सक्ने विपद्का विषयमा अध्ययन गरेका छन्।
यसैबीच, मौसम पूर्वानुमान महाशाखाले शनिबार राति गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा अति भारी वर्षा हुन सक्ने भन्दै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। पोखरा गण्डकी प्रदेशमै पर्छ। असोज ८ गतेदेखि परिरहेको अविरल वर्षाका कारण आएको बाढी, पहिरोलगायतका विपद्मा परी देशभर हालसम्म छ जनाको मृत्यु भएको छ। तीमध्ये एक जना गण्डकी प्रदेशका हुन्।
पछिल्लो बुलेटिन

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


