१४ असोज २०८३ English
English

भोटेकोशी बाढीले ४३० मेगावाट विद्युत् प्रणालीबाहिर, सरकार वैकल्पिक व्यवस्थापनको तयारीमा

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
भोटेकोशी बाढीले ४३० मेगावाट विद्युत् प्रणालीबाहिर, सरकार वैकल्पिक व्यवस्थापनको तयारीमा
तस्बिर: रातोपाटी

भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले विभिन्न जलविद्युत् आयोजनामा क्षति पुगेपछि करिब ४३० मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीबाट बाहिरिएको छ।

बाढीका कारण त्रिशूली करिडोरबाट काठमाडौँको बालाजु र चपलीमा आउने विद्युत् रोकिएको छ। यसपछि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले वैकल्पिक व्यवस्थापनको गृहकार्य अगाडि बढाएको छ।

सरकार विशेषगरी काठमाडौँको हिउँदयामको विद्युत् माग व्यवस्थापनमा जुटेको छ। प्रसारण प्रणालीबाट बाहिरिएको विद्युत्‌को विकल्प खोज्ने तयारीमा मन्त्रालय लागेको छ।

पछिल्लो बुलेटिन

के हुँदैछ डेली | आजका मुख्य समाचार | १४ असोज २०८३ बिहानी | K Hudei Cha Daily News Asoj 14 2083

YouTube मा सब्स्क्राइब

स्रोत

सम्बन्धित समाचार