१३ असोज २०८३ English
English

परराष्ट्रमन्त्री खनाल र श्रीलंकाका विदेशमन्त्री हेराथबीच न्युयोर्कमा भेटवार्ता

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
परराष्ट्रमन्त्री खनाल र श्रीलंकाका विदेशमन्त्री हेराथबीच न्युयोर्कमा भेटवार्ता
तस्बिर: रातोपाटी

परराष्ट्रमन्त्री शिशिर खनाल र श्रीलंकाका विदेश, वैदेशिक रोजगार तथा पर्यटनमन्त्री विजिथा हेराथबीच भेटवार्ता भएको छ।

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिकाको न्युयोर्कमा छन्। उनी न्युयोर्कमा रहेकै बेला श्रीलंकाली विदेशमन्त्री हेराथसँग उनको भेट भएको हो।

श्रीलंकाली मन्त्री हेराथ विदेश मामिलाका साथै वैदेशिक रोजगार र पर्यटन मन्त्रालयको जिम्मेवारी पनि सम्हालिरहेका छन्।

महासभाका क्रममा परराष्ट्रमन्त्री खनालले विभिन्न देशका समकक्षीसँग भेटवार्ता गरिरहेका छन्। संयुक्त राष्ट्रसङ्घको महासभामा सदस्य राष्ट्रका प्रतिनिधिहरू सहभागी छन्।

पछिल्लो बुलेटिन

के हुँदैछ डेली | आजका मुख्य समाचार | १३ असोज २०८३ बिहानी | K Hudei Cha Daily News Asoj 13 2083

YouTube मा सब्स्क्राइब

स्रोत

सम्बन्धित समाचार