विपद्मा बेपत्ता व्यक्तिलाई मृत घोषणा गर्न अध्यादेशमार्फत नयाँ कानुनी व्यवस्था

सरकारले विपद्मा बेपत्ता भएका व्यक्तिलाई कानुनी रूपमा मृत घोषणा गर्न नयाँ व्यवस्था लागू गरेको छ। यसका लागि सरकारले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ र राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण ऐन, २०७४ संशोधन गर्दै ‘विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३’ जारी गरेको हो।
रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा परी बेपत्ता भएका नागरिकलाई कानुनी रूपमा मृत घोषणा गर्न यो कार्यविधि लागू गरिएको हो। नयाँ व्यवस्थालाई बेपत्ता व्यक्तिलाई मृत घोषणा गर्ने ‘फास्ट ट्रयाक’ कानुनका रूपमा लिइएको छ।
नयाँ व्यवस्थाअनुसार बाढीमा बेपत्ता भएका व्यक्तिका आफन्तले स्वघोषणा गर्दै मृत्युको प्रमाणपत्र माग गर्नुपर्नेछ। यसका लागि तोकिएका प्रक्रिया पूरा गर्नुपर्ने व्यवस्था गरिएको छ।
पछिल्लो बुलेटिन

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


