मौलिक हक कार्यान्वयनका लागि १९ ऐन जारी: कानुनमन्त्री गौतम

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले संविधानमा उल्लिखित मौलिक हक लागू गर्न अहिलेसम्म १९ ऐन र १२ नियमावली जारी भइसकेको बताउनुभएको छ। राष्ट्रिय सभामा शुक्रबार आफ्नो मन्त्रालयसम्बन्धी प्रश्नको जवाफ दिँदै उहाँले मौलिक हकसँग जोडिएका ५ कानुन अझै बन्न बाँकी रहेको जानकारी दिनुभएको छ। तीमध्ये एउटा कानुनको विधेयक प्रतिनिधि सभामा दर्ता गर्ने तयारी भइरहेको उहाँको भनाइ छ।
बाँकी कानुनमा आमसञ्चार माध्यम, निःशुल्क कानुनी सहायता र एकीकृत क्षतिपूर्तिसम्बन्धी कानुन पनि छन्। मन्त्री गौतमका अनुसार सरकारले चालु वर्षलाई कानुन सुधार तथा निर्माण वर्ष घोषणा गरेकाले यी सबै कानुन यही आर्थिक वर्षभित्र ल्याउने लक्ष्य राखिएको छ। अन्य मन्त्रालयहरू पनि सोही लक्ष्यअनुसार तदारुकताका साथ काम गरिरहेको उहाँले बताउनुभएको छ।
स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


