संविधान संशोधन राष्ट्रिय सहमतिबिना सम्भव छैन: कार्यदल संयोजक शाह

संविधान संशोधन बहसपत्र तयार गर्न गठित कार्यदलका संयोजक असिम शाहले राष्ट्रिय सहमतिबिना संविधान संशोधन सम्भव नहुने बताउनुभएको छ। सबै पक्ष सहमतिमा अघि बढे संसद्मा आवश्यक मत सङ्ख्या जुटाउन समस्या नहुने उहाँको धारणा छ। ११औँ संविधान दिवसका अवसरमा राष्ट्रिय समाचार समितिसँगको कुराकानीमा उहाँले कार्यदलको प्रतिवेदन सरकारलाई बुझाइसकिएको र सरकारले त्यसको अध्ययन गरिरहेको जानकारी दिनुभयो।
प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारले २०८२ चैत १३ गते जारी गरेको शासकीय सुधारसम्बन्धी १०० कार्यसूचीमा यस्तो कार्यदल बनाउने विषय समेटिएको थियो। त्यसलगत्तै मन्त्रिपरिषद्ले प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार रहेका असिम शाहको अध्यक्षतामा कार्यदल गठन गरेको थियो। संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलको सहभागिता रहने गरी कार्यदल बनाइएको थियो।
स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


