फिफा वरीयतामा नेपाल एक स्थान खस्किएर १७८औँ स्थानमा

फुटबलको विश्व सञ्चालक निकाय फिफाले अद्यावधिक गरेको वरीयतामा नेपाल एक स्थान खस्किएर १७८औँ स्थानमा पुगेको छ। यसअघि नेपाल १७७औँ स्थानमा थियो। नेपालले अन्तिम अन्तर्राष्ट्रिय खेल गत मार्च ३१ मा लाओससँग खेलेको थियो, जसमा नेपाल पराजित भएको थियो।
राष्ट्रिय खेलकुद परिषद्ले अखिल नेपाल फुटबल संघ एन्फालाई निलम्बन गरेको ६ दिनपछि उक्त खेल भएको थियो। गत जुन २४ मा फिफाले नेपाललाई निलम्बन गरेपछि नेपाली फुटबल अन्तर्राष्ट्रिय प्रतियोगिताबाट टाढा छ। दक्षिण एसियाको शीर्ष भारत १३८औँ स्थानमा यथावत् छ भने अफगानिस्तान १६८औँ र माल्दिभ्स १७३औँ स्थानमा छन्।
बंगलादेश १८२औँ, तीन स्थान सुधार गरेको श्रीलंका १८४औँ र भुटान १९२औँ स्थानमा छन्। पाकिस्तान एक स्थान उक्लिएर १९७औँ स्थानमा पुगेको छ। एसियामा जापान १७औँ स्थानसहित शीर्षमा छ भने इरान २३औँ र अस्ट्रेलिया २६औँ स्थानमा छन्।
स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


