इजरायलले २ हजारभन्दा बढी प्यालेस्टिनी बालबालिका हिरासतमा लिएको प्रतिवेदन

इजरायली सेनाले सन् २०२३ को अक्टोबरयता दुई हजारभन्दा बढी प्यालेस्टिनी बालबालिकालाई पक्राउ गरेको प्यालेस्टिनी प्रिजनर्स सोसाइटीले जनाएको छ। उक्त मानवअधिकार संस्थाले बुधबार सार्वजनिक गरेको प्रतिवेदनअनुसार हाल कम्तीमा ३५० बालबालिका इजरायली जेलमा कठोर अवस्थामा छन्। समाचार संस्था अल जजिराले प्रतिवेदन उद्धृत गर्दै इजरायलले बालबालिकालाई निशाना बनाउने क्रम तीव्र पारेको जनाएको छ।
प्रतिवेदनअनुसार इजरायली सेनाले मंगलबार पश्चिम किनारको हेब्रोनबाट कम्तीमा ६ जना बालबालिकालाई पक्राउ गरेको छ। हेब्रोन क्षेत्र हाल इजरायली सेनाको नियन्त्रणमा छ। घेराबन्दीमा रहेको गाजामा कति बालबालिका पक्राउ परेका छन् भन्ने यकिन विवरण संस्थासँग छैन।
त्यहाँ बालबालिकासहित हजारौँ मानिस बेपत्ता भएकाले र जबरजस्ती बेपत्ता पार्ने नीति जारी रहेकाले तथ्याङ्क स्पष्ट नभएको संस्थाको भनाइ छ। अभियोग नलगाई र रिहाइको मिति नतोकी थुनामा राख्ने इजरायली नीतिले बालबालिकाको अधिकार हनन गरेको प्रतिवेदनमा उल्लेख छ।
स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


