जलवायु कूटनीतिका लागि दीर्घकालीन संस्थागत संरचना आवश्यक: परराष्ट्रमन्त्री
परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनका मुद्दालाई प्रभावकारी ढङ्गले सम्बोधन गर्न तथा अन्तर्राष्ट्रिय मञ्चमा नेपालको उपस्थिति सशक्त बनाउन दीर्घकालीन संस्थागत संरचना निर्माण गर्नुपर्ने बताउनुभएको छ। परराष्ट्र मन्त्रालयले बुधबार काठमाडौँमा आयोजना गरेको 'मोफा नलेज फोरम'को दोस्रो संस्करणअन्तर्गत 'जलवायु कूटनीति' विषयक अन्तरक्रियामा बोल्दै उहाँले यस्तो धारणा राख्नुभएको छ। जलवायु परिवर्तन बहुपक्षीय प्रकृतिको विषय भएकाले उपयुक्त संस्था निर्माण गरी बहुपक्षीय निकायसँग समन्वय गर्न सकेमा मात्र यस क्षेत्रमा ठोस उपलब्धि हासिल हुने मन्त्री खनालको भनाइ छ।
जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन अर्थात् कोपमा विभिन्न एजेन्डा आउने र जाने क्रम चलिरहे पनि नेपाललाई कस्तो संस्थागत संरचना चाहिन्छ भन्नेमा ध्यान दिनुपर्ने उहाँले औँल्याउनुभएको छ। नेपालले कुन अन्तर्राष्ट्रिय मञ्चमा आफूलाई सशक्त रूपमा प्रस्तुत गर्न सक्छ भन्ने कुरा नै सबैभन्दा महत्त्वपूर्ण रहेको मन्त्री खनालले जोड दिनुभएको छ।
स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


